काठमाडौं । नेपाल–कतारबीच सहकार्य गर्नेसम्बन्धमा २ वटा सम्झौता र ६ वटा समझदारी भएका छन् । सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएका हुन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणको दोस्रो दिन भएको द्विपक्षीय वार्तामा सहमति तथा सम्झौता भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे । त्यस्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।
दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।
थानीको दुई दिने नेपाल भ्रमणका क्रममा नेपाल र कतारबिच ८ बुँदे समझदारी र सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल र कतारबिच सहकार्य गर्ने सम्बन्धमा १ सम्झौता र ७ समझदारी भएकोमा सरकारी तहमा ६ वटा र निजी क्षेत्रसँग दुई वटा समझदारी भएको हो ।
राष्ट्रपति पौडेलको औपचारिक निमन्त्रणामा थानी राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आएका थिए । उनको स्वागतमा पनि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विमानस्थलमा पुगेका थिए ।
उनले सोही दिन राष्ट्रपति पौडेललाई भेटेका थिए । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीसँग भेटवार्ता गरेका थिए ।
नेपाल–कतारबिचका सम्झौताहरू
१) नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र
२) राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता
३) नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)
४) नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
५) नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र
६) नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान ९आईएफए० र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
७) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता
८) कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण
FACEBOOK COMMENTS