काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण भएको बताएका छन् ।
आज सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले इलाम–२ को प्रतिनिधि सभा उपनिर्वाचन र बझाङ प्रदेश सभा उपनिर्वाचनमा व्यक्त मतले देश बनाउने कुरामा मुलुकको ध्यानाकर्षण भएको देखाएको बताएका हुन् ।
‘मुलुकको विकास र समृद्धिका लागि धेरै दलहरू होइन, बलिया राजनीतिक दलहरू आवश्यक पर्दछ, नेपालका राजनीतिक दलहरूले पनि आफूलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्न सक्नु पर्दछ’, पोखरेलले भने ।
देश बनाउने हो भने युवाहरू देश निर्माणको काममा जुट्नु पर्ने पोखरेलले बताए । युवा बाहिर जाने ट्रेनले देश नबन्ने उनले प्रष्ट पारेका छन् । नेपालमा केही हुँदैन र केही गर्न सकिँदैन भन्ने मानसिकतालाई परिवर्तन गर्न आवश्यक रहेको महासचिव पोखरेलको भनाइ छ । ‘हाम्रो देश कोही आएर बनाइदिने होइन, हामी आफैँले बनाउनु पर्छ’, पोखरेलले भने ।
नेकपा एमाले जनताले मन पराएको पार्टी हिजो पनि भएका र उपनिर्वाचनले पनि त्यसलाई प्रमाणित गरेको उनले बताए । हिजो पनि एउटा दलका विरुद्ध सबै दल मिलेर घेराबन्दी गर्दा समेत नेकपा एमाले पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित भएको उनले सुनाए ।
नेकपा एमालेलाई बलियो राजनीतिक शक्ति बनाएर मिसन २०८४ सम्म एमालेलाई कसैको सहारा बिना एक्लै लड्न सक्ने दल बनाउने अभियानमा एमाले लागेको उनले बताए । एमालेले उपनिर्वाचनबाट विजय यात्रा सुरू गरेको बताउँदै पोखरेलले सो यात्रा अब देश भरी पस्ने बताए । त्यसैले सबैलाई नेकपा एमालेमा गोलबद्ध हुन उनले आह्वान समेत गरेका छन् ।
इलाममा सुहाङ र डम्बरको मतान्तर ५५ सय नाघ्यो, चौथो स्थानबाट पछ्याउँदै रास्वपा
तीव्र प्रतिस्पर्धाबाट बझाङमा एमालेका दमन भण्डारी २६७ मतले विजयी
FACEBOOK COMMENTS