काठमाडौं । सत्तारुढ गठबन्धन र नेपाली कांग्रेसबिच संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति जुटेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुको बैठकले यस्तो सहमति जुटेको हो ।
संसदीय समितिको कार्यादेश टिओओरबारे भोलिसम्म समहमति जुटने कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।
समितिको टिओआर बनाउने विषयलाई कानुनमन्त्री पदम गिरी, कांग्रेस, एमाले, रास्वपा र माओवादीका प्रतिनिधिबिच भोलि बिहान बैठक बसेर टुंग्याउने सहमति भएको छ ।
समितिमा कानुनमन्त्रीको नेतृत्वमा कांग्रेसका जीवन परियार, एमालेबाट महेश बर्तौला, रास्वपाबाट शिशिर खनाल रहेका छन् ।
FACEBOOK COMMENTS