काठमाडौं । नेपालको प्रतिष्ठित मिडिया ग्रुप कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध नागरिकता कीर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियालाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ । सिरोहियाविरुद्ध धनुषा जिल्ला प्रहरी कार्यालयमा नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको थियो ।
सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएका थिए ।
सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाबिरुद्ध पक्राउ पुर्जी जारी भएको घटनाप्रति आपत्ति प्रकट गरे । दोषी भए कानुनको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्ने भए पनि आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भएको खण्डमा नेपाली काँग्रेसले नसहने उनको भनाइ छ ।
कान्तिपुरका कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा कांग्रेस किन डरायो ?
FACEBOOK COMMENTS