काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले साई डेण्टल क्लिनिकमा २०% सम्म छुट पाउने भएका छन् ।
सो छुट सेवाका लागि सिटिजन्स बैं र पर्साको वीरगञ्जस्थित साई डेण्टल क्लिनिकबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले साई डेण्टल क्लिनिकका सेवाहरुमा २०% सम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS