काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट नेकपा (माओवादी केन्द्र) तिर नभई जनतातिर ढल्केको प्रतिक्रिया दिएका छन् ।
हिजो बुधबार संसदभवनबाहिर सञ्चारकर्मीहरूको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीतिर ढल्केको भन्दा कतिको दबाब महशुस भयो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।
संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट अर्थमन्त्रीको पार्टीतिर ढल्केको इंगित गरेका थिए । अर्थमन्त्री पुनले सरकारले ल्याएको बजेट कतै पनि नढल्किएको बताउँदै नेकपा (माओवादी केन्द्र), निजी क्षेत्र र सरकारतिर बढी ढल्केको भन्ने टिप्पणी आए पनि यथार्थमा त्यस्तो नभएको प्रष्ट पारेका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेट पार्टी र सरकार भन्दा पनि जनतातिर ढल्केको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने र समग्र जनता र युवामा आत्मविश्वास र हौसला पैदा गर्ने खालको बजेट ल्याएको दाबी उनको थियो ।
यस्तै, हरेक तीन वर्षमा कर्मचारीहरूको तलव वृद्धि गर्ने कानूनी व्यवस्था भएकाले अर्को वर्ष तलव वृद्धि हुने बताउनु भयो । उनले मजदुरहरूको तलव निर्धारण गरी सरकारले बजेटलाई मजदुरमैत्री नीति लिएको बताएका छन् ।
अर्थमन्त्री पुनले सरकारले रोजगारी सृजना गर्ने, अर्थतन्त्रलाई विकास गर्ने र गति दिएर रोजगारी सृजना गर्ने नीति लिएको बताए । सरकारले बजेट कार्यान्वयन गरी वस्तुगत रूपमा परिणाम निकाल्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् ।
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
सांसदहरूलाई अर्थमन्त्री पुनको जवाफ : नयाँ बजेट सन्तुलित र यथार्थ छ, महत्वाकांक्षी होइन (पूर्णपाठ)
FACEBOOK COMMENTS