काठमाडौं । नेपालको अग्रणी विद्युतीय गाडी (ईभी) ब्राण्ड ओमोडाले आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपमा सहभागी नेपाली टोलीले जोड्ने हरेक रन र ढाल्ने विकेटमा रुख रोप्ने भएको छ ।
दोस्रो पटकको ऐतिहासिक विश्वकप यात्रा तय गरेको नेपाली टोलीलाई हौसला प्रदान गर्ने मुख्य उद्देश्यका साथ कम्पनीले ‘नेपाल स्कोर, ओमोडा ग्रोज’ नाराका साथ यो वातावरणीय अभियान सार्वजनिक गरेको हो ।
यो अभियान अन्तर्गत ओमोडाले हरेक रनमा एउटा रूख रोप्ने सङ्कल्प गरेको छ । त्यसैगरी हरेक ‘चौका’मा पाँचवटा रूख रोपिनेछ भने हरेक ‘छक्का’ र हरेक ‘विकेट’मा १० वटा रूख रोपिने छ । यसअन्तर्गतको वृक्षारोपणका लागि ब्रान्डसँगै नेपालभर रहेका ओमोडा खरिदकर्ता तथा चालकहरूले सहभागिता जनाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दिगो भविष्यप्रति ओमोडाको प्रतिवद्धता जाहेर गर्न यस्तो योजना ल्याइएको एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारडाले बताए । ‘यो अभियान दिगो भविष्यप्रति हाम्रो प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो । यो पहल ओमोडाले आधुनिक र वातावरणमैत्री प्रविधिको प्रयोगबाट पर्यावरणको संरक्षण गर्ने प्रमुख लक्ष्यमा आधारित रहेको छ । विद्युतीय गाडीको प्रयोगले वायु प्रदूषण न्यून गर्नाका साथै जलवायु परिवर्तनविरुद्ध लड्न पनि सहयोग गर्दछ । हाम्रो यस अभियानले हामीलाई यही लक्ष्यमा अघि बढाउँछ र नेपाली क्रिकेट टोलीको लागि अझ जोसिलो समर्थन र उत्साह थप्न मद्दत पुर्याउँछ ।’
यो अभियानले सस्टेनेबल मोबिलिटी (दिगो गतिशीलता)लाई प्रवर्द्धन गर्दै वातावरण संरक्षणमा तथा विश्वकप क्रिकेटको अवसरमा क्रिकेट प्रेमीहरूबीचको गौरवमय एकताको थालनी गर्दछ । एसपीजी अटोमोबाइल्स, सम्पूर्ण नेपाली क्रिकेट फ्यान, विद्युतीय सवारी चालकहरू, तथा ओमोडाका ग्राहकहरूलाई यो गौरवमय पहलको हिस्सा बन्न र यो ऐतिहासिक यात्रामा नेपाली क्रिकेट टोलीलाई उत्साहजनक समर्थन व्यक्त गर्न आह्वान पनि गरिएको छ ।
एसपीजी अटोमोबाइल्स प्रालिको बारेमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्सको लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।
यो पनि पढ्नुहोस्–
डिभाइन वाइनले प्रत्येक डट बल बराबर १० वटा रुख रोप्ने, हर्क साम्पाङको हातमा बिरुवा
FACEBOOK COMMENTS