वीरगंज– जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश २ सरकारले दिएको विदा कार्यन्वयन नभएको भन्दै प्रदेश सरकारले सरकारी कार्यालय बन्द गराउँदै हिँडेको छ।
प्रदेश सरकारले राष्ट्र बैंक कार्यालय बन्द गराएको छ।
सार्वजनिक बिदा दिए पनि कार्यान्वयन हुन सकेको छैन। निजी बैंक तथा वित्तीय संस्था निर्वाध खुले। जिल्ला प्रशासन कार्यालय अन्तर्गतका सबै निकायमा विदा दिइएको छैन।
दुई नम्बर प्रदेशका गृहमन्त्रीको निर्देशनमा टोलीले राष्ट्र बैंक जनकपुर लगायतका बैंक तथा वित्तीय संस्था बन्द गराउन टोली परिचालन गरेको छ।
देवानी संहिता कार्यविधि ५१ अनुसार प्रदेश सरकारले घोषणा गरेको विदा सबै सरकारी तथा वित्तीय संस्थामा लागू हुने नियम भएको मुख्यमन्त्रीले बताएका छन् ।
FACEBOOK COMMENTS