काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँबानेश्वरस्थित सितल चौतारी होटेल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा विशेष छुट पाउने भएका छन् ।
सो छुट सुविधा उपलब्ध गराउन बैंकले एक विशेष समझदारी गरेको छ । समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सितल चौतारी होटेल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
हाल ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप पाँच वटा शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS