काठमाडौं । निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघि नायक प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । श्रेष्ठले हिजो बिहीबारदेखि नै जिम्मेवारी सम्हालिसकेकी छिन् ।
सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई पदमुक्त गरी श्रेष्ठलाई जिम्मेवारी दिएको हो । शाहलाई पदमुक्त गर्दै कम्पनीले शाहको नेतृत्वमा निर्जीवन बीमा उद्योगको इतिहासमै पहिलो पटक भएको मर्जर सफल गराएको आधार व्यक्त गरेको छ ।
२०७८ फागुन १ गते चार वर्षका लागि नियुक्त भएका शाहको कार्यकाल पूरा हुन अझै डेढ वर्षभन्दा बढी समय बाँकी थियो । समय अवधिअगावै शाहलाई पदमुक्त गर्नुको स्पष्ट कारण भने कम्पनीले खुलाएको छैन ।
FACEBOOK COMMENTS