एजेन्सी– आर्थिक वर्ष २०२४(२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो साप्ताहिक मुद्रास्फीति दर १ दशमलव २८ प्रतिशतले बढेको छ ।
यसैगरी पाकिस्तान ब्युरो अफ स्ट्याटिस्टिक्स (पीबीएस) को पछिल्लो साप्ताहिक रिपोर्टअनुसार वार्षिक मुद्रास्फीति दर बढेर २३ दशमलव ५९ प्रतिशत पुगेको छ ।
प्रतिवेदनले गत हप्तामा २९ वटा आवश्यक वस्तुको मूल्यमा भएको वृद्धिलाई प्रकाश पार्दै पाँचवटा वस्तुले स्थिर मूल्य कायम राखेको र १७ वटा वस्तुको मूल्यमा कमी आएको जनाएको छ ।
टमाटरको मूल्य ७० दशमलव ७७ प्रतिशतले बढेर २०० पाकिस्तानी रुपैयाँ प्रतिकिलो ग्राम भन्दा बढी पुगेको छ । पीबीएसका अनुसार पिठोको मूल्य १० दशमलव ५७ प्रतिशतले, पाउडर दूध ८ दशमलव ९० प्रतिशतले, डिजेल ३ दशमलव ५८ प्रतिशतले, पेट्रोल २ दशमलव ८८ प्रतिशतले र एलपिजीको मूल्य १ दशमलव ६३ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS