काठमाडौं । नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौंको हायात होटेलमा सम्पन्न गरेको छ ।
कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एमईपी, इपीसी तथा कर्पोरेट पार्टनर्सहरू गरी २०० जनाको उपस्थिति रहेको थियो ।
सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको पनि आयोजना गरिएको थियो ।
नेपालभरिबाट कार्यक्रममा सहभागी भएका च्यानल पार्टनरहरूको आतिथ्यबाट सुरु भएको कार्यक्रममा लिट्मसले आफ्ना महत्वपूर्ण कोशेढुङ्गा, भावी योजना साथै नेपाली बजारकै पहिलो वातावरणमैत्री तार लिट्मसको इकोवायरजेडएच्बारे पनि सहभागीहरूलाई विस्तारमा जानकारी गराएको थियो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक रोहित गुप्ताले कम्पनीको लभभग पाँच दशकको यात्रा र उपलब्धिहरूबारे विस्तृत रूपमा चर्चा गरेका थिए । कम्पनीका उपाध्यक्ष साथै नेपाल विद्युतीय उत्पादक संघ (निमा) का सचिव समेत रहनुभएका सरोज मिश्राले लिट्मसको सुरुवात, हालको बजार उपस्थिति र कम्पनीको विकासको प्रचुर सम्भावनाबारे चर्चा गरेका थिए ।
मिश्राले कम्पनीलाई नेपाली बजारमा अग्रणी उत्पादकको रूपमा कायम राख्न कम्पनी गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रति प्रतिबद्ध रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको अवसरमा कम्पनीले आफ्नो सुरक्षा र गुणस्तरप्रतिको लगाव र विश्वासलाई कसरी हासिल गरिरहेको र कायम राखिरहेको छ भन्ने कुरालाई पनि प्रष्ट पारेको थियो । सोही कार्यक्रममा कम्पनीले आफ्नो महत्वकाङ्क्षी र रणनैतिक भावी योजना अन्तर्गतको अत्याधुनिक प्रविधि र विशाल उत्पादन क्षमतासहितको परासीमा बन्दै गरेको नयाँ उत्पादन युनिट ‘लिट्मस २.०’ बारे पनि सहभागीलाई जानकारी गराएको थियो ।
यस नयाँ युनिटले कम्पनीको उत्पादन क्षमता वृद्धि गर्दै र गुणस्तरलाई अझ सुदृढ बनाउँदै बजारको बढ्दो मागलाई सम्बोधन गर्ने र बजारमा कम्पनीको अग्रतालाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ ।
कम्पनीले सोही आयोजनामा इनामेल, मल्टिस्ट्र्याण्ड, इकोवायरजेडएच् र इमर्जिङ डिलर गरी चार विधामा सर्वोत्कृष्ट हुन सफल भएका डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।
पुरस्कारले कम्पनीको सफलता र सम्वृद्धिमा डिलरहरूको महत्वलाई प्रकाश पार्दै लिट्मसले आफ्ना च्यानल पार्टनर्सहरूसँगको गहिरो सम्बन्धलाई सधैं केन्द्रमा राखेको कुरालाई पनि पुष्टि गरेको थियो । कार्यक्रममा बेजोड नृत्य, आकर्षक उपहारको लागि प्रश्नोत्तर, लाइभ ब्यान्ड लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू पनि समावेश गरिएको थियो ।
लिट्मस पावर पार्टनर्स मिट २०८१ को समापन नेटवर्किङ सेसन, सल्लाह सुझाव आदानप्रदान र उद्योगी व्यवसायीहरू बीच आगामी दिनमा सहकार्य गर्ने सदभाव र आकाङ्क्षासहित समापन भयो । लिट्मस इन्डस्ट्रिज र व्यवसायी, च्यानल पार्टनर्स, लगानीकर्ता, बैङ्किङ–इन्स्योरेन्स पार्टनर्स लगायत सम्पूर्ण सरोकारवालाहरू बीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुने र सहकार्य मजबुत हुने अपेक्षा कम्पनीको छ ।
FACEBOOK COMMENTS