काठमाडौं । डेढ वर्षअघि पोखरामा भएको यति एअरलाइन्सको जहाज दुर्घटना हुनुअघि पाइलट र को–पाइलटबीच भएको अन्तिम सम्वाद सार्वजनिक भएको छ ।
युट्युब च्यानल ‘ग्राउण्ड जिरो’ले सो दुर्घटनासम्बन्धी पाइलट र को–पाइलटबीचको सम्वाद सार्वजनिक गरेको हो ।
‘यति एअरको पोखरा जहाज दुर्घटना नियोजित थियो’ शीर्षक दिएर सो च्यानलले विश्लेषणसहित अडियो सार्वजनिक गरेको हो । उसले जहाज दुर्घटनाको कारण प्राविधिक नभइ नीतिगत व्यवस्था र प्रतिकुल निर्देशन भएको निष्कर्ष निकालेको छ ।
यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज २०७९ माघ १ गते पोखरामा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो ।
उक्त जहाज पाइलट कमल केसी र को–पाइलट अञ्जु खतिवडाले उडाएका थिए । सुन्नुहोस् पाइलट केसी र को–पाइलट खतिवडाबीच जहाज दुर्घटनाको अवस्थामा पुग्दासम्मको कुराकानी–
सौर्य एअरको जहाज दुर्घटनासम्बन्धी हेर्नुहोस् यी भिडिओहरू
FACEBOOK COMMENTS