काठमाडौं, चैत्र २९ – प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसले पारेको प्रभाव र प्रदेश सरकारले गरिरहेको कामका बारेमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारको वार रुमबाट प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत मुख्यमन्त्रीहरुसँग कोभिड–१९ महामारीविरुद्ध भइरहेको कामबारे छलफल गरेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS