काठमाडौँ– संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको गएराति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो ।
उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् । नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर श्रद्धाञ्जली अर्पण गरेको छ ।
स्वर्गीय अग्रवालकी श्रीमती, दुई छोरा र एक छोरी छन् । पशुपति आर्यघाटमा आजै उनको अन्तिम संस्कार गरिने परिसङ्घले जनाएको छ ।
FACEBOOK COMMENTS