काठमाडौँ — काठमाडौंको कमलादीमा सडक भासिएको छ । सडक भासिँदा रातिदेखि आवागमन प्रभावित भएको छ । टुकुचा खोलामाथि रहेको यो सडक हिजो साझ ६ बजे देखि सडक भासिन सुरु भएको थियो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो । हिजो रातिदेखि सो सडकमा आवतजावत बन्द भएको थियो ।
यो सडक यसअघि पनि भासिएको थियो । त्यतिबेला अस्थायी रुपमा मर्मत गरिएको थियो ।
FACEBOOK COMMENTS