काठमाडौँ । नेपाली बजारमा ट्रुडर्मा ब्राण्डको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले एक प्रोडक्टको एक साथ लन्च गरेकी हुन् । शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडरसमेत हुन् ।
शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्राण्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् । मैले धेरै प्रोडक्ट लन्च गरे तर ट्रु स्किनको जस्तो अरू राम्रो भेटिन् । यसलाई सबैले प्रयोग गरेर यसको फाइदा उठाउनु होला, उनले भनिन् ।
ब्राण्डको १६ वटा प्रोडक्ट रहेको छ । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम,लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाईटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टीभ सावर जेल, एक्टीभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराईजिङ लोस्न, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाईटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओईल बजारमा सार्वजनिक भएको हो ।
FACEBOOK COMMENTS