काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऔ’ सार्वजनिक भएको छ ।
टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङ-माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ । ‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ ।
प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि-स्टार फिल्मसले सम्पादन गरेको हो ।
FACEBOOK COMMENTS