काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य स्थिर छ । मंगलबार र बुधबार स्थिर रहेको सुनको मूल्यमा बिहीबार पनि कुनै घटबढ नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १७ सय ५५ रूपैयाँमा किनबेच भएको चाँदी बिहीबार तोलामा १० रूपैयाँ बढेर प्रतितोला १७ सय ६५ रूपैयाँ पुगेको छ ।
FACEBOOK COMMENTS