काठमाडौं । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले आगामी ३१ भदौदेखि ३ असोजसम्म काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा दिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ ।
यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट-टाइम-इन’ नेपाल ‘फिचर-लोडेड’ दिपलका ईभीहरू खरिद गर्न सक्नेछन् ।
दिपलमा अपग्रेड हुने अभूतपूर्व मौका
दिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि-बजेट मूल्य यानि ७१ लाख ९९ हजार रूपैयाँमा दिपलको निकै रूचाइएको प्रिमियम ईभी एस ०७ खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन् । साथै उनीहरूले थप एक्सचेन्ज बोनस पाउनेछन्, जसले उनीहरूको दिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्ल्यू वृद्धिले लिएको छ ।
यसबाहेक एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनेछन्, जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन् । साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पाउनेछन् ।
किन दिपलका ईभी किन्ने ?
नेपालमा एमएडब्ल्यू वृद्धिले दिपल एस ०७ र एल ०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ । यी ईभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन्, जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस ०७ लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरून्तै रूचाएको थियो ।
दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकरलगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू छन्, जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरूमा उपलब्ध छैन ।
एमएडब्ल्यू वृद्धिले दिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल ईभीमा अपग्रेड गर्न सबै ईभीप्रेमीलाई आमन्त्रण गर्छ ।
FACEBOOK COMMENTS