काठमाडौँ । नेपाली बजारमा मंगलबार छापावाला सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार मंगलबार चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS