काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन,२०८१ कार्यान्वयनका लागि सरकारले सम्बन्धित मन्त्रालयहरुमा पठाउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् ।
सहकारी छानबिन समितिले सोमबार संसदमा प्रतिवेदन पेश गरेको छ । समितिले सूर्य दर्शन, सुप्रिम ५ वटा सहकारीको रकम गोर्खा मिडियाबाट अपचालन गरेको भन्दै जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ । सरकारको निर्णयसँगै सम्बन्धित मन्त्रालयले काम अघि बढाउने छन् ।
FACEBOOK COMMENTS