काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा विद्युतीय गाडी ९ईभी० १ हजार ६०२ युनिट नेपालमा भित्रिएका छन् ।
यो अवधिमा विद्युतीय कार, जिप र भ्यान गरी १ हजार ६०२ नेपाल भित्रेको भन्सार विभागले जनाएको छ । गत आव सोही अवधिमा ८९८ युनिट ईभी आयात भएको थियो । अहिले १७८.३९ प्रतिशतले बढेर १ हजार ६०२ पुगेको छ ।
पछिल्लो समय ईभीमा आकर्षण निकै बढ्दो छ । नेपालमा भित्रने ईभीमा ठूलो हिस्सा चिनको रहेको छ । १ हजार ६०२ वटा ईभी आयात हुँदा चीनबाट मात्रै १ हजार १२५ युनिट आयात भएको छ भने भारतबाट ४७५ युनिट आयात भएको विभागले जनाएको छ । नेपालमा ईभी अमेरिका, जर्मनबाट समेत आयात हुने गरेको छ ।
विभागका अनुसार भदौ मसान्तसम्म ५० किलोवाटसम्म मोटर क्षमता भएका ५६० र ५१ देखि १०० किलोवाट मोटर क्षमता भएका ९३८ युनिट ईभी आयात भएका छन् । यस्तै १०१ देखि २०० किलोवाट मोटर क्षमता भएका ९९ युनिट, २०१ देखि ३०० किलोवाट मोटर क्षमता भएका ३ र ३०० किलोवाटभन्दा माथि मोटर क्षमता भएको २ युनिट ईभी आयात भएको विभागले जनाएको छन् ।
चालु आवको दुई महिनामा ३ अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ ईभी आयात हुँदा राज्यले २ अर्ब ३१ करोड २२ लाख ४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ । सरकारले चालु आवको आर्थिक विधेयक मार्फत ईभीमा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाएको छ । सरकारले कर बढाए पनि ईभीप्रतिको आकर्षण भने बढी नै रहेको तथ्याङ्कले देखाएको छ ।
FACEBOOK COMMENTS