काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ० दशमलव ५४ विन्दुले घटेको छ ।
यससँगै सूचक २५१९ दशमलव ०३ विन्दुमा आएको छ । यस अवधिमा १५ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ३९ कम्पनीको ३२ सय ९६ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा २० कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ ।
FACEBOOK COMMENTS