काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ मेनेजरहरूलाई ग्राण्ड होटेल पोखरामा कात्र्तिक ९ र १० गते मार्केटिङ मेनेजर इन्स्टलेसन प्रोग्राम टाइटल को ग्राण्ड कार्यक्रम आयोजना गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाईं, ट्रेनर तथा लाइफ कोच रविन कटुवाललगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीकी ब्राण्ड एम्बेसडर कुञ्जना घिमिरे (सुन्तली)ले अभिकर्तामार्फत सामाजिक रूपमा सेवा प्रदान गराउँदै व्यावसायिक रूपमा अर्थाेपार्जन गर्न सकिने बताइन् ।
उनले महिलाहरूले गृहिणीका रूपमा मात्र सीमित नरही व्यावसायिक रूपमा अभिकर्तामार्फत तथा आत्मनिर्भर र सामाजिक रूपान्तरण गर्न आग्रह गरिन् ।



कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे ।

उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरूलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्गदर्शन पनि दिए ।
साथै उनले आफ्ना अभिकर्ताहरूलाई अझ राम्रो कार्यसम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरू ल्याउन काम गरिरहेको जानकारी दिए ।