काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह-२०२४’ को अभियानअन्तर्गत एकदिने पुँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न गरेको छ ।
कार्यक्रमअन्तर्गत आइतबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका-५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरूलाई पुँजी बजारबारे सूचित गराउने उद्देश्यले सकलादेवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा एकदिने पुँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुरप्रसाद शर्माले सञ्चालन गरेका थिए भने कार्यक्रमको प्रमुख वक्ताका रूपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सीप्रसाद आचार्य तथा व्यापार प्रवर्द्धन विभाग प्रमुख दीपक न्यौपाने रहेका थिए ।
उक्त कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।
विश्व लगानीकर्ता सप्ताह-२०२४ एक हप्ते लामो आईओएस सीओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ताहरूलाई पुँजी बजारसम्बन्धी जानकारीहरू तथा महत्त्वका बारेमा चेतना जगाउने कार्य गर्दछ ।
FACEBOOK COMMENTS