काठमाडाैं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ ।
बिहीबार एकैदिन प्रतितोला चार हजार रूपैयाँ घटेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS