काठमाडाैँ। सिटिजन्स बैंकका ग्राहकहरूले बुढानीलकण्ठ, काठमाडौं स्थित लेमन ट्रि प्रिमियरमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र लेमन ट्रि प्रिमियर बीच बैंकका ग्राहकलाई २० प्रतिशत छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो सम्झौतापत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले लेमन ट्रि प्रिमियरमा २० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास आफूहरूले लिएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।
FACEBOOK COMMENTS