काठमाण्डौँ — काठमाडौं विमानस्थल शनिबारदेखि २२ घण्टा खुला हुने भएको छ ।
अब काठमाडौंस्थित विमानस्थल रातिको ३ बजेदेखि ५ बजेसम्मका लागि २ घण्टा मात्रै बन्द हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल बिहान ५ बजेदेखि खुला गर्ने निर्णय गरेको हो ।
सरकारले जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयमा अढाइ घण्टा थप्दै २१ घण्टा (बिहान ६ देखि राति ३ बजेसम्म) पुर्याएको थियो ।
चाडपर्व र पर्यटकीय सिजन सुरु भएपछि बढ्ने यात्रुको चापलाई व्यवस्थापन गर्न विमानस्थलले ६७ वर्षको इतिहासमा पहिलोपटक आन्तरिक सेवालाई ५ बजेदेखि सुचारु गर्न लागिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।
यसबाट जहाजले ग्राउन्ड र आकाशमा भोग्नुपर्ने अत्यधिक होल्डको समय घट्ने अपेक्षा विमानस्थलले गरेको छ ।
यसैबीच नेपालमा सबैभन्दा धेरै (दोहा–काठमाडौं दैनिक ५ वटा उडान) गर्दै आएको कतार एयरले शनिबारदेखि राति १ बजे काठमाडौं आइपुग्ने उडान थपेको छ ।
दोहाका लागि कतार काठमाडौंबाट राति २ बजे फर्किने भण्डारीले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS