काठमाडौं । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ ।
यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका ३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् । नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय र सन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य रु. २,९९,९०० रहेको छ जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ ।
कम्पनीका अनुसार टिभिएस आईक्युब ३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित छः पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइस अपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गत सवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् ।
उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ ।
विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।”
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, “टिभिएस आईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ ।
हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं । नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।”
नयाँ टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरका टिभिएसका ४० वटा आधिकारिक डिलरहरूमा उपलब्ध भएको छ ।
के-के छन् विशेषता ?
ब्याट्री क्षमता २.२ किलोवाट आवर
चार्जर – ९५० वाट
५ इन्चको रंगीन टीएफटी स्क्रीन
सबैभन्दा फास्ट चार्जिङ – २ घण्टा ९०(८०५०
सवारी दुर्घटना तथा टो अलर्ट
टर्न-बाइ-टर्न नेभिगेशन
डिस्ट्यान्स टु एम्प्टी
३० लिटरको अन्डर सीट स्टोरेज
७५ किमी प्रतिघण्टाको टप स्पिड
FACEBOOK COMMENTS