काठमाडाैँ। ललितपुरको थती टोलमा युनाइटेड क्लवको शुभारम्भ भएको छ । शनिबार आयोजित एक कार्यक्रमबीच वागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री प्रेमभक्त महर्जनले क्लवको उद्घाटन गरेका हुन् ।
उनले समाजलाई एकतामा बाध्न र युवाहरुमा जागरण गराउनमा क्लवको भूमिका अनिवार्य हुने बताए । उनले भने,‘ समाजमा आइपर्ने समस्याहरुलाई क्वबको माध्यमबाट टेवा पुर्याउन सक्षम युवा नेतृत्वदायि भूमिकाका लागि क्वब आजको आवश्यकता बनेको छ ।’
क्वलको समितिमा ११ जनाको अहिले कार्यसमिति रहेको छ भने अध्यक्षमा पवन शाही रहेका छन् । शाहीको नेतृत्वले क्वबलाई निरन्तर अघि बढाउने खेलाडीहरु उत्पादन सक्रिय भूमिका हुने जनाइएको छ ।
कार्यक्रममा बोल्दै क्लवका शाहीले यो क्लब विशुद्ध सेवामूलक संस्था भएको बताए । उनले भने,‘यसमा हामीले विभिन्न अवसर नपाएका खेलाडीहरुलाई यस क्वलमा जोडेर एउटा सक्षम नेतृत्व भएको खेलाडी उत्पादन गर्ने र सामाजिक कार्यका लागि प्रमुभ भूमिका रहने मात्र हो ।’
FACEBOOK COMMENTS