काठमाडाैँ। साताका दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यो दिन नेप्से परिसूचक १५.८३ अंकले बढेर २ हजार ६८३.२४ विन्दुमा आइपुगेको छ । अघिल्लो दिन नेप्से परिसूचक १३ अंकले घटेको थियो । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३०९कम्पनीको १ करोड २२ लाख कित्ता शेयर किनबेचहुँदा ६ अर्ब ३४ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा न्यादी ग्रुप पावर,वेस्ट फाइनान्स, नेपाल फाइनान्स,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड रुपैयाँदेखि ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन बेस्ट फाइनान्स, सुपर माइ हाइड्रोपावर,कर्पोरेट डेभलपमेनट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था,सप्तकोशी विकास बैंक्को शेयर मूल्य ८.६९ प्रतिशतदेखि ९.९१ प्रतिशतले बढेको छ । बढेको बजारमा न्यादी ग्रुप पावरको १० प्रतिशतले बढेर नकारात्मक सर्किट लागेको छ भने एसबीआइ बैंक ऋणपत्र, सिटीजन सुपर म्यूचुल फण्ड, जानकी फाइनान्स मध्येभोटेकोशी जलविद्युत कम्पनीको २.९० प्रतिशतदेखि ५.३१ प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये ११ वटा समूहको सूचक बढेका छन् भने दुईवटा समूहको सूचक घटेका छन् । विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानीगत समूह, निर्जीवन बीमा लगायत समूहको सूचक १ प्रतिशतभन्दा माथिले बढेको छ।
FACEBOOK COMMENTS