काठमाडौं, बैशाख ३१ -भक्तपुरमा कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेसँगै जिल्लाका केहि ठाँउ शिल गरीएको छ ।
भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म शिल गरिएको छ । शंखधर चोकमा मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका, दुवाकोट र मध्यपुरथिमी नगरपालिकामा बस्ने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
हिजो गरिएको पीसीआर परीक्षणमा भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको थियो ।
FACEBOOK COMMENTS