काठमाडाैँ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेको छ । यो दिन तिब्र उत्तारचढाबबीच नेप्से दोहोरो अंकले घटेको हो । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा ३१७ कम्पनीको १ करोड १५ लाख कित्ता शेयर खरिदविक्रिहुँदा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंकको ३५ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ ।
हिमालयन डिस्टिलरी,जोशी हाइड्रो डेभलपमेन्ट कम्पनी, जानकी फाइनान्स कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनको १० करोड ३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लोदिन ७ अर्ब ३५ करोड रुपैयााँको कारोबार भएको छ । त्यस्तै योदिन इमर्जिङ नेपाल, महिला लघुवित्त वित्तीय संस्था, सिटीजन बैंकको ऋणपत्र,एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी लिमिटेडको ५.९९ प्रतिशतदेखि ८.७६ प्रतिशतसम्म पुगेको छ । त्यस्तै, स्वाभिमान लघुवित्त वित्तीय संस्था,खानीखोला हाइड्रो पावर,लाइफ इन्स्योरेन्स कर्पोरेसन,सुपरमाइ हाइड्रो पावर कम्पनीको ३.८७ प्रतिशतदेखि १०प्रतिशतले नकारात्मक सर्किट समेत लागेको छ ।
FACEBOOK COMMENTS