काठमाडौं । नेपालको दुईपाङ्ग्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्राण्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरू सार्वजनिक गर्न लागेको छ । आफ्ना नवीनतम् उत्पादनहरू एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्न लागेको हो ।
बहुप्रतीक्षित यी दुवै नयाँ बाइकहरू बिहीबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भव्य कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरूले अटोमोबाइलप्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ ।
एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरू-
सिंगल च्यानल एबीएसः सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।
श्रेणीकै सर्वाधिक तीव्रः सर्वाधिक गति र तीव्रताको समायोजनसहितको रोमाञ्चक सवारी ।
फराकिलो रियर टायरः सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था ।
एलईडी हेडलाइट्सः सुदृढ दृश्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधिसहितको एलईडी हेडलाइटको सुविधा ।
ब्लुटुथ कनेक्टिभिटीः चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
एक्स्ट्रिम १६० का मुख्य विशेषता-
श्रेणीकै सर्वाधिक गति क्षमताः तीव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित व्यवस्था गरिएको छ ।
केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शनः प्रभावकारी फ्रन्ट ब्रेकिङ प्रणालीको व्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
ब्लुटुथ कनेक्टिभिटी: चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।
सार्वजनिकको तयारीमा रहेका नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दाबी छ ।
थप जानकारीका लागि सम्पर्क विवरण-
९७०७०९४२२७/९८०२३७५६४०/९८०२३७५६२८
FACEBOOK COMMENTS