काठमाडाैँ । कात्तिक महिनामा मूल्यमा उच्च वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिकमा अघिल्लो वर्षको कात्तिको तुलनामा समग्र उपभोक्ता मूल्यवृद्धि ५.६० प्रतिशतले बढेको हो ।
असारमा पछिल्लो समयकै न्यून विन्दु अर्थात् ३.५७ मा झरेको मूल्यवृद्धि त्यसपछिका महिनामा निरन्तर उतारचढावमा रहेको छ। साउनमा ४ प्रतिशत पुगेको मूल्यवृद्धि असोजमा ३.८६, असोजमा ४.८२ प्रतिशत पुगेकोमा कात्तिकमा ५.६० प्रतिशतले बढेको छ।
खाद्य तथा पेय समूहको मूल्यवृद्धि उच्च देखिएको छ। कात्तिकमा खाद्य तथा पेयको ९.१० प्रतिशत र गैरखाद्यको मूल्यवृद्धि ३.६५ प्रतिशतले भएको छ।
FACEBOOK COMMENTS