काठमाडौं । चीनको इलेक्ट्रिक गाडी उद्योग डेयुन समूहले हेवी ट्रक, हलुका ट्रक, कार, मोटरसाइकल र इन्जिनहरू उत्पादन गर्ने गरेको छ ।
२००४ मा गाडी क्षेत्रमा प्रवेश गरेको र २०१७ मा नयाँ प्रिमियम गाडी बजारमा ल्याएको हो । डेयुनले विश्वव्यापी अटोमोटिभ बजारमा आफ्ना स्थानलाई मजबुत बनाएको कम्पनीको दाबी छ।
६ वटा उत्पादन केन्द्र र १।८७ मिलियन गाडीहरूको वार्षिक उत्पादनसँगै, डेयुनको तीन दशक लामो अनुभव छ ।
चिनियाँ सरकारको समर्थन र लगानीका साथ पुनःसंरचनना सँगै कम्पनीले जनवरी २०२५ मा उत्पादन पुनः सुरु गर्ने योजना बनाएको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई युएहू उत्पादन, सर्भिस र पार्ट्स सामग्रीहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपालका बजारमा थप विकास र सेवा प्रदान गर्न मिलेर काम गर्ने योजान बनाएको छ ।
कम्पनीले आफ्ना उत्पादनहरु पूर्ण प्रतिबद्ध छ र नेपाली बजारमा सकारात्मक योगदान दिने जानकारी दिएको छ ।
FACEBOOK COMMENTS