काठमाडौं । ग्लोरी मिडियाले देशका विभिन्न क्षेत्रबाट राष्ट्रिय योगदान पुर्याएका प्रतिष्ठित व्यक्तित्वहरूलाई ‘राष्ट्रिय गौरव सम्मान’ प्रदान गरेको छ ।
नेपाल टेलिभिजनमा कार्यक्रम सचेतना प्रस्तुत गर्दै आएको ग्लोरी मिडियाले सो कार्यक्रम १५ वर्ष पूरा भएको अवसरमा कार्यक्रमलाई बाल सहभागितामूलक बनाउन कार्यक्रम प्रस्तोता छनाेटका लागि राष्ट्रिय नाचघरमा आइतबार आयोजित ग्लोरी टीन एण्ड किड्स ट्यालेण्ट प्रतियोगिताको अवसरमा उक्त सम्मान समर्पण कार्यक्रम आयोजना गरेकाे हो ।
कार्यक्रम समारोहमाझ नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, नेपाल महिला चेम्बरकी अध्यक्ष एवम् साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी सीईओ उर्मिला श्रेष्ठ, वरिष्ठ बालरोग विशेषज्ञ डा हरिकृष्ण बास्कोटा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, अभिभावक महासंघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, पारा ओलम्पिककी ऐतिहसिक पदक विजेता पलेशा गोवर्द्धन, नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीका कार्यकारी निर्देशक भूपेन्द्रविक्रम थापालाई सम्मानित गरियो ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झा, लेखक एवम् साहित्यकार अनिश घिमिरे, घरेलु तथा साना उद्योग महासंघ नेपालका उपाध्यक्ष मोहन कटुवाल, नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल, लेखक एवम् सर्जक शिव न्यौपाने, शिक्षासेवी, धर्मसेवी एवम् समाजसेवी भिक्षु राजु लामा कोन्दन, एनप्याब्सन बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, एनप्याब्सनका महासचिव तथा बाल साहित्यकार पारसमणी दाहाल, शिक्षासेवी अशोकसुन्दर श्रेष्ठ, मानव अधिकारकर्मी एवम् समाजसेवी दीपकचन्द्र गौतम, नेपाल चेम्बर अफ कमर्सकी केन्द्रीय सदस्य एवम् नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरूपा श्रेष्ठ, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्य, काठमाडौं उद्योग वाणिज्य संघकी सचिव एवम् वरिष्ठ सौन्दर्यविद् सुष्मा महरा शाह, नमस्ते ट्राभल एण्ड टुरिजम एलएलसी, यूएईका प्रबन्ध निर्देशक नानुकाजी अर्याल, अन्तर्राष्ट्रिय फेशन कोरियोग्राफर रोजिन शाक्य, स्वतः ट्राभल्स एण्ड एडभेन्चरका प्रबन्ध निर्देशक एवम् ग्लोकल वर्कफोर्सका अध्यक्ष अजयकुमार श्रेष्ठ, एभेण्टोज नेपालका सीईओ डेभिलसिंह राजपुत र इभेन्ट स्टेज व्यवस्थापक तथा डिजिटल डिस्प्ले अपरेटर रमेश श्रेष्ठ र नवप्रभात डेरी उद्योगका अध्यक्ष खुलप्रसाद हुमागाईं ‘काजी दाई’लाई राष्ट्रिय गौरव सम्मान अर्पण गरिएको छ ।
FACEBOOK COMMENTS