रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।
रक्षा मन्त्रालयले टेलिग्राममार्फत जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘रूसी सेनाले उत्तरपूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको सोन्त्सिभका भनिने क्रास्नोय गाउँलाई मुक्त गरेको छ ।’
क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रूसले लगभग खार्किभको सबै भागलाई घेरेको छ र यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासका लागि प्रमुख उपलब्धि हुनेछ ।
आगामी जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रूसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ ।
रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस शर्त प्रस्ताव नगरी करिब तीन वर्षदेखि जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने वाचा गरेको छ ।
मस्कोको सेनाले यस वर्ष १९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । किएभले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भूभाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।
FACEBOOK COMMENTS