काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य केही घटेको छ ।
मंगलबार स्थिर रहेको सुनको भाउ बुधबार प्रतितोला एक सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि केही घटेको छ ।
यस दिन चाँदी प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले कम हो ।
FACEBOOK COMMENTS