काठमाडौँ । महालक्ष्मी विकास बैंकले अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको छ । बैंकको दमक शाखाले दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको हो ।
अटिजम भएका विद्यार्थीहरुको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको बैंकले जनाएको छ । हाल विद्यालयमा २४ जना अटिजम भएका विद्यार्थीहरू अध्ययनरत छन् ।
बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
FACEBOOK COMMENTS