काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला चार सय रूपैयाँले बढेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बुधबार मंगलबारको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार आठ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य बुधबारको तुलनामा ५० रूपैयाँले बढी हो । बुधबार चाँदी प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा किनबेच भएको थियो ।
FACEBOOK COMMENTS