काठमाडाैँ । स्वदेशी र विदेशी पर्यटकाे उद्गगम स्थल मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब तीन कराेडकाे लगानीमा ‘एयरपोर्ट बजेट होटल’ सञ्चालनमा आएको छ। विमानस्थलबाट १ मिनेटको पैदल यात्रा गरेर बजेट होटल पुग्न सकिन्छ। यो होटलको निर्माण २०८० सालदेखि थालिएको थियो। हाल संञ्चालनमा ल्याईएको बजेट होटलमा नेपाली,इन्डिएन तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न २३ वटा सुपर डिलक्स कोठाहरु रहेका छन् ।
एयरपोर्ट नजिकै खुलेको बजेट होटल विदेशी र आन्तरिक दुवैखाले पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याएको लगानीकर्ता बासुदेब न्यौपानेले जानकारी दिए । ‘एयरपोर्ट बजेट होटल’ पशुपतिनाथ मन्दिरबाट मात्र ५ मिनेटमा पुग्न सकिन्छ। साढे दुई करोड रुपैयाँ लगानीमा को भनाई छ । उनले भने,‘ एयरपोर्टमा स्तरीय होटेल अभाव रहेको अवस्थामा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन ‘एयरपोर्ट बजेट होटल एउटा मानक बन्ने छ ।’
गुणस्तरीय सुविधा र सेवाबाट मात्र एयरपोर्टको होटलहरुको प्रचार पर्यटकहरूबाट बाहिर सम्म पुग्ने बताए । उनले एयरपोर्टमा सहुलियत मुल्यमा राम्रो सेवा सुविधा दिने होटल अब बजेट होटेल बन्ने आशा व्यक्त गरे । एयरपोर्टमा स्थानीय सरकारको पहल, पर्यटन एवं होटेल व्यवसायीहरूको लगानीमा अझ सुविधा सम्पन्न होटलहरु खोलिन आवश्यक रहेको न्यौपानेको जोड थियो ।
FACEBOOK COMMENTS