एजेन्सी । रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पुर्याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताए ।
बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताए ।
“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उनले थपे ।
रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।
FACEBOOK COMMENTS