काठमाडौं । समाजवादी मोर्चाले भ्रष्टाचारविरूद्ध र सुशासनको पक्षमा आगामी चैत २४ गते राजधानीमा खबरदारीसभा गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले आगामी चैतको पहिलो साता तराई-मधेसमा जनसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकले मोर्चाको विचार, नीति र उद्देश्यलाई आमनागरिक र राजनीतिक वृत्तमा पुर्याउनका लागि ‘समाजवादी मोर्चा’ प्रकाशन गर्ने निर्णय गरेको उनले जानकारी दिए । मोर्चाले आगामी फागुनको अन्तिम सातासम्म उक्त प्रकाशन गरिसक्ने निर्णय गरेको छ ।
सातवटै प्रदेशमा समाजवादी आन्दोलनको आवश्यकता सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने निर्णय भएको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।
FACEBOOK COMMENTS