काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा कुनै घटबढ भएको छैन । आइतबारदेखि स्थिर रहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनसोही मूल्यमा कारोबार भएको थियो ।
यता, आइतबार घटेको चाँदीको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार प्रतितोला पाँचत रूपैयाँले घटेर एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार १५ रूपैयाँले घटेर एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ ।
FACEBOOK COMMENTS