काठमाडाैँ । प्रनिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदाको कुरा उठाएपछि रास्वपाले आपत्ति जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले रविले प्रहरी प्रमुखलाई समितिको बैठकमा बोलाएर सहकारी प्रकरणमा निर्दोष भन्न लगाएको आरोप लगाए।
सांसद खतिवडाको आरोपछि रास्वपा सांसदहरुले अवरोध गरेका छन्। खतिवडाको अभिव्यक्तिपछि रास्वपा सांसद र उपसभामुख नै आम्ने साम्ने भएका छन्। रास्वपा सांसदहरुले आपत्ति जनाएर सदन अवरोध भएपछि अहिले सभामुख देवराज घिमिरे आएका थिए । उनले बैठक संचालन नभएपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
FACEBOOK COMMENTS