काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज सामान्य अंक बढेर बन्द भएको छ। पछिल्ला ५ कारोबार दिनदेखि घटेर बन्द भएको नेप्से आज ६ खशमलव ५४ विन्दुले बढेर २६८३ दशमलव ८६ अंकमा आएको छ ।
त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ० दशमलव ५४ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ० दशमलव ५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ०६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ९६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २९९ स्टकको ७२ हजार ९४ पटकको कारोबारमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
FACEBOOK COMMENTS