काठमाडाैँ । काठमाडौंको बबरमहलमा मेलम्चीको पानीको पाइप फुटेर जलमग्न भएको छ । सडकमा रहेको पाइप फुटेर जिल्ला अदालत काठमाडौं, विशेष अदालत जलमग्न भएको छ । अदालतको पहिलो तला नै डुबाएको छ । साथै वन परिसर डुबानमा परेको छ । डुबानको कारण अदालतको सेवा प्रभावित भएको छ ।
पाइप फुटेर सडकसमेत जलमग्न हुँदा सवारी आवागमन प्रभावित भएको छ । एक लेन पुरै बन्द भएको छ भने अर्को लेनमा सवारी जाम भएको छ । अहिले प्रहरी र काठमाडाैं महानगरपालिका टाेलिले त्यसलाइ बनाउने काम हुँदै छ ।
FACEBOOK COMMENTS