मुम्बई । स्ट्यान्ड अप कमेडियन तथा बिग बोस १७ का विजेता मुनव्वर फारुकी विरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको छ ।
हालै जियो हटस्टारमा फारुकीको नयाँ शो ‘हफ्ता वसूली’ सुरु भएको छ । यो न्युज रुम कमेडी शोमा राजनीतिक र सामाजिक घटनाक्रममा चर्चा गरिन्छ र मजाक उडाइन्छ ।
उनीमाथि फेरि धार्मिक भावनामाथि आहत पुर्याएको आरोप लगाइएको छ । अमिता सचदेवा नाम गरेका एक वकिलले ट्वीटरमार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले फारुकीविरुद्ध उनको शो हफ्ता वसूलीका लागि उजुरी दर्ता गरेका छन् । यसमा बीएनएस धारा १९६, २९९ र ३५३ का साथै आईटी एक्टका बाँकी धारा अन्तर्गत कारबाही माग गरिएको छ ।
उनले फारुकीमाथि अश्लीलतालाई प्रवर्द्धन गरेको, अन्य धर्मको अपमान गरेको, सांस्कृति मूल्यलाई उल्लंघन गरेको र युवाको दिमाग र समाजलाई प्रदूषित गरेको आरोप लगाएका छन् । यसअघि पनि कमेडीका लागि जेल पुगिसकेका छन् ।
FACEBOOK COMMENTS